काठमाडौं– नेपाल राष्ट्र बैंकले आज कात्तिक ११ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८९ पैसा र बिक्री दर १५२ रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।
अघिल्लो दिनको तुलनामा आज अमेरिकी डलरको भाउमा केही कमी आएको छ । हिजो अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ १० पैसा र बिक्रीदर १५२ रुपैयाँ ६१ पैसा कायम भएको थियो ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा रहेको छ ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्नेछ।
थप विवरण तालिकामा हेर्नुहोस्–

प्रतिक्रिया दिनुहोस्





















