images
images
  • बझाङमा ३ किलो बढी चरेशसहित दुई जना पक्राउ

    बझाङ । बझाङमा ३ किलो २६५ ग्राम चरेशसहित दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा बुंगल नगरपालिका–४ का ४३ वर्षीय जनक कार्की र वडा नम्बर ६ का ५७ वर्षीय जितबहादुर सिंह रहेका छन् । जिल्लाको बुंगल नगरपालिका–४, बिजगडा बजारस्थित जनक कार्कीको घरबाट प्रहरीले उक्त परिमाणको चरेश बरामद गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय बझाङ र अस्थायी प्रहरी पोस्ट बिजगडाबाट खटिएको संयुक्त गस्ती टोलीले कार्कीको घरको कोठाभित्र हरियो झोलामा सेतो कपडाले लुकाइछिपाइ राखेको अवस्थामा चरेश फेला पारेको प्रहरीले जनाएको छ ।

    उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बझाङमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images