images
images
  • प्रहरीले भन्यो– गोरखामा पहिरोले थुनिएको बूढीगण्डकी नदी खुल्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    काठमाडौं– गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा थुनिएको बूढीगण्डकी नदी पुन: बग्न थालेको छ ।

    नदी थुनिएपछि पानी एक्कासि बग्न थालेसँगै ठूलो बाढी आएको जानकारी प्राप्त भएको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार २०८३ असोज २५ गते बिहान ५:३० बजे पहिरोका कारण बुढीगण्डकी नदी थुनिएको सूचना प्राप्त भएको थियो । सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सिर्दिबास र प्रहरी चौकी चुम्चेतबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।

    नदी थुनिएको जानकारी प्राप्त भएपछि तटीय क्षेत्रमा रहेका प्रहरी युनिट तथा स्थानीय बासिन्दालाई सचेत गराइएको थियो । बिहान ६:१५ बजेदेखि थुनिएको स्थानबाट पानी बग्न थालेपछि ठूलो बाढी आएको हो ।

    हालसम्म अन्य क्षतिको विवरण प्राप्त भएको छैन । घटनाबाट भएको सम्भावित क्षतिबारे थप विवरण आउन बाँकी रहेको छ ।

    पहिरोका कारण नदी थुनिएर एक्कासी पानी बग्न थालेपछि बुढीगण्डकीको तटीय क्षेत्रमा जोखिम हुन सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images