images
images
  • रूसी डेटा सेन्टरमा युक्रेनी आक्रमण, ट्रम्पले भने– जेलेन्स्कीलाई राष्ट्रपतिबाट हटाउनुपर्छ

    काठमाडौं– युक्रेनले रूसको प्रमुख प्रविधि कम्पनी यान्डेक्सद्वारा सञ्चालित डेटा सेन्टरमा ड्रोन आक्रमण गरी त्यसको केही भाग निष्क्रिय बनाएको छ ।

    कालुगा क्षेत्रमा रहेको उक्त डेटा सेन्टरमा शुक्रबार आक्रमण भएको हो ।

    यसअघि बिहीबार पनि यान्डेक्सको सासोभो डेटा हबमा आक्रमण भएको थियो ।

    युक्रेनी हतियार निर्माता फायरपोइन्टले एफपी–१ ड्रोन प्रयोग गरी आक्रमण गरिएको दाबी गरेको छ ।

    यान्डेक्सका सेवा दैनिक लाखौं रूसीले प्रयोग गर्छन् भने कम्पनीले क्लाउड सेवा पनि दिँदै आएको छ ।

    आक्रमणपछि यान्डेक्सको शेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आक्रमणलाई रूसी हमलाको जवाफी कारबाही भएको बताएका छन् ।

    ट्रम्पको जेलेन्स्कीलाई हटाउनुपर्ने धारणा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई नेतृत्वबाट हटाएर नयाँ नेता चयन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

    रूसबाट डिजेल आयातसम्बन्धी सम्झौता घोषणा गरेको भोलिपल्ट ट्रम्पले युक्रेनले रूसी ऊर्जा पूर्वाधारमा गरिरहेको आक्रमणको आलोचना गरे ।

    जेलेन्स्कीले ट्रम्पको निर्णयप्रति कडा प्रतिक्रिया जनाउँदै रुसी डिजेल निर्यातमाथिको प्रतिबन्ध हटाएको दिन रुसले जापोरिज्जियामा आवासीय भवनमा हमला गरेको बताए ।

    उक्त आक्रमणमा तीन बालबालिकासहित २० जनाको मृत्यु भएको थियो ।

    यसैबीच शनिबार जापोरिज्जियामा भएको रुसी आक्रमणमा ६ वर्षीया बालिकासहित कैयौंको मृत्यु भएको छ ।

    युद्ध अन्त्यका लागि मियामीमा भएको छलफलका बेला ट्रम्पले डिजेलसम्बन्धी सम्झौता घोषणा गरेपछि युक्रेन आश्चर्यमा परेको जेलेन्स्कीले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images