images
images
  • उपसभापतिमा चन्द्र र विनोद, महासचिवमा प्रदीप र डिलाको अग्रता

    काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारीको मतगणना जारी छ ।

    केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी अग्र स्थानमा छन् ।

    उनले १,६८६ मत प्राप्त गरेका छन् ।

    उनका निकटतम प्रतिस्पर्धी ई. मधु आचार्यले १,०९० मत पाएका छन् ।

    सुरेन्द्रराज पाण्डेले ९५५, गोविन्द भट्टराईले ९४१, धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ र प्रा. डा. चन्द्रमोहन यादवले २९९ मत प्राप्त गरेका छन् ।

    केन्द्रीय उपसभापति (समावेशी) तर्फ विनोद कुमार चौधरी ८९६ मतसहित पहिलो स्थानमा छन् ।

    जीवन परियारले ८२९ मत पाएर दोस्रो स्थानमा छन् ।

    फरमुल्लाह मंसुरले ४६९, रंजीत कर्णले २७० र सीता गुरुङले २५१ मत प्राप्त गरेका छन् ।

    केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले स्पष्ट अग्रता लिएका छन् ।

    उनले २,०५५ मत प्राप्त गरेका छन् ।

    उदयशमशेर राणाले १,१५९, डा. सुनिलकुमार शर्माले ९३४, अमरसिंह पुन मगरले ८१९, गुरुराज घिमिरेले ६७८, नैनसिंह महरले ४२८, शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत पाएका छन् ।

    केन्द्रीय महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले १,५१७ मतसहित अग्रता कायम राखेकी छन् ।

    महालक्ष्मी उपाध्याय (डिना) ले १,३९८ मत पाएकी छन् भने रीता खनालले ३६५ मत प्राप्त गरेकी छन् ।

    हालसम्म ३ हजार ४३५ मतगणना भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images