images
images
  • २१ किलो सुनसहित बुढानीलकण्ठबाट तीन जना पक्राउ, पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरिँदै

    काठमाडौं– प्रहरीले काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट २१ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई हिजो बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाली र चिनियाँ नागरिक रहेको बताइएको छ ।

    घटनाबारे आज शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने प्रहरीको तयारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images