images
images
  • इलाममा १२ वर्षीया बालिका बलात्कृत, फिदिमका युवक पक्राउ

    इलाम– १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पाँचथर फिदिम नगरपालिका–१४ नाङ्रुप्पाका २४ वर्षीय दिपक राईलाई पक्राउ गरेको छ ।

    राईलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    बालिकालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरी चौकी फिक्कलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

    घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images