काठमाडौं- नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्।
शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले महाधिवेशन प्रक्रिया देशभर उत्साहपूर्वक अघि बढिरहेको दाबी गरे। उनका अनुसार जिल्ला र वडा तहमा नेता–कार्यकर्ता आफ्नै खर्चमा स्वतःस्फूर्त रूपमा सहभागी भइरहेका छन्।
विशेष महाधिवेशनमार्फत पार्टीलाई विभाजित गर्ने प्रयास भएको दाबी गर्दै महतले त्यसको विरोधमा नेता, सांसद तथा स्थानीय जनप्रतिनिधि उभिएको बताए।
उनले अर्को महाधिवेशनमा सहभागी भएका केही नेता–कार्यकर्ताले आफ्नो गल्ती महसुस गर्दै पुनः आधिकारिक महाधिवेशन प्रक्रियामा जोडिन थालेको समेत बताए।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















