images
images
  • भोलिदेखि वर्षा सक्रिय, सोमबार–मंगलबार भारी वर्षाको सम्भावना

    काठमाडौं- भोलिदेखि नेपालमा मौसमी प्रणाली पुनः सक्रिय हुने भएको छ ।

    मौसमविद् विनोद पोखरेलका अनुसार कमजोर पश्चिमी वायुको प्रभावसँगै न्यूनचापीय रेखा बन्ने सम्भावना रहेकाले आगामी एक साता वर्षा जारी रहन सक्छ ।

    आइतबारदेखि वर्षा बढ्दै सोमबार र मंगलबार धेरै स्थानमा फैलिने तथा केही ठाउँमा छोटो समय भारी वर्षा हुन सक्ने अनुमान छ ।

    त्यसपछि बुधबार वर्षा केही कम हुने र बिहीबार पहाडी क्षेत्रमा पुनः हल्का वर्षा हुन सक्ने जनाइएको छ ।

    वर्षाको प्रभाव विशेषगरी धान काट्ने तयारीमा रहेका किसान तथा पहाडी–हिमाली क्षेत्रमा हाइकिङ र ट्रेकिङ गर्नेहरूलाई पर्न सक्ने भएकाले स्थानीय पूर्वानुमान हेरेर आवश्यक तयारी गर्न मौसमविद्ले सुझाव दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images