काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्घाटन समारोहमा सहभागी हुने कांग्रेसले जनाएको छ ।
कांग्रेस नेता उदयशमशेर राणाका अनुसार लामिछानेले महाधिवेशनमा सहभागी हुने जानकारी दिएका छन् ।
ओली र प्रचण्डलाई पनि कांग्रेसले औपचारिक निमन्त्रणा दिएको छ ।
दुवै नेताले समारोहमा सहभागी भएर शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















