काठमाडौं- साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते भएका छन् ।
साउदी नागरिक सुरक्षा विभागका अनुसार शनिबार आहद रफिदाह गभर्नोरेटमा क्षेप्यास्त्रलाई आकाशमै रोकिएर नष्ट गरिएपछि त्यसको भग्नावशेष खसेको थियो ।
घटनामा एक एसियाली नागरिक घाइते भएका छन् ।
भग्नावशेषका कारण भवनभित्र रहेका केही सवारीसाधनमा क्षति पुगेको छ भने एउटा प्रार्थना कक्षमा समेत भौतिक क्षति भएको नागरिक सुरक्षा विभागले सामाजिक सञ्जालमार्फत जनाएको छ ।
यसैबीच, शुक्रबार हुथी विद्रोही समूहले प्रक्षेपण गरेको अर्को प्रोजेक्टाइल साउदी अरबको नाजरान शहरस्थित एक विद्यालयमा खसेको थियो ।
उक्त घटनामा विद्यालयमा भौतिक क्षति पुगेको साउदी नागरिक सुरक्षा विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















