images
images
  • सहकारी ठगी प्रकरण : वचन फिर्ता गर्न सुमेरु सिटी अस्पतालको जग्गा, भवन र उपकरण लिलाम

    काठमाडौं- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सुमेरु बचत तथा ऋण सहकारी संस्थाको सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ। बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले समितिले ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो।

    लिलाममा ललितपुर महानगरपालिका–३ स्थित सुमेरु सिटी अस्पतालका जग्गा, भवन, संरचना, अस्पतालका उपकरण तथा पुँजीगत सामग्री समावेश छन्। साथै सुमेरु अस्पताल र शङ्खरापुर कलेजका सञ्चालन अनुमति तथा कलेजका शैक्षिक कार्यक्रमसँग सम्बन्धित चल सम्पत्तिसमेत बिक्री गरिनेछ।

    इच्छुक व्यक्ति, फर्म वा संस्थाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्रदाताले कबोल रकमको १० प्रतिशत धरौटी जम्मा गर्नुपर्नेछ। लिलाम स्वीकृत भएपछि नामसारी, दर्ता, कर तथा अन्य सम्पूर्ण शुल्क खरिदकर्ताले नै व्यहोर्नुपर्ने समितिले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images