images
images
  • प्रम बालेनलाई नटेर्ने रास्वपा मन्त्री : एउटाले खारेज गरेको नियोग अर्कोले ब्युँताउने कार्यले खैलाबैला

    काठमाडौं– परराष्ट्र मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम)ले मन्त्रालय मातहतका दरबन्दी ५४९ बाट घटाएर ५३२ कायम गरेको छ ।

    नयाँ संरचनामा विदेशस्थित नेपाली नियोगको संख्या ४५ बाट घटाएर ४१ कायम गरिएको छ ।

    अब ३२ दूतावास र नौ महावाणिज्य दूतावास रहनेछन् ।

    नयाँ दिल्ली र बेइजिङस्थित नेपाली दूतावासमा प्रशासन सेवाका सहसचिव रहने मिनिस्टर इकोनोमिकका दुई दरबन्दी हटाइएको छ ।

    तर हङकङ, ल्हासा, कोलकाता, छेन्दु र ग्वान्जाओका महावाणिज्यदूतसहित प्रशासन सेवाका पाँच सहसचिवस्तरका दरबन्दी कायम राखिएको छ ।

    यसैबीच, तत्कालीन अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत खारेज गर्ने घोषणा गरेका विदेशस्थित ६ कार्यालयमध्ये ब्राजिलको ब्राजिलिया दूतावास र चीनको छेन्दुस्थित महावाणिज्य दूतावासलाई नयाँ ओएन्डएममा कायम राखिएको छ ।

    डेनमार्कको कोपेनहेगन र दक्षिण अफ्रिकाको प्रिटोरियास्थित दूतावास, अमेरिकाको सानफ्रान्सिस्कोस्थित महावाणिज्य दूतावास तथा भारतको विशाखापट्टनमस्थित फिल्ड कार्यालय भने बन्द गरिएको छ ।

    यसअघि राहदानी छपाइ ठेक्का प्रधानमन्त्रीले दिन खोजेको देशलाई नदिएर अर्कै देशलाई दिइएको थियो ।

    त्यसयता प्रधानमन्त्री बालेनका निर्णयलाई मन्त्रीहले टेर्नै छाडेका छन् ।

    नयाँ संरचनामा परराष्ट्र सेवाका १८ सहसचिव मन्त्रालय तथा विभागमा र नौ सहसचिव विदेशस्थित नियोगमा रहनेछन् ।

    उपसचिव ७९, शाखा अधिकृत १५६ र नायब सुब्बा १०९ दरबन्दी कायम गरिएको छ ।

    ओएन्डएम स्वीकृत भएसँगै अब दरबन्दी प्रमाणीकरण र राष्ट्रिय निजामती किताबखानामा अभिलेख अद्यावधिक गर्ने प्रक्रिया अघि बढ्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images