images
images
  • पाइलटलाई ककपिटभित्रै चक्कु हान्ने सहपाइलटको पहिचान खुल्यो, अतिवादी सामग्री भेटिएको दाबी

    काठमाडौं- दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा क्याप्टेनमाथि चक्कु प्रहार गर्ने सहपाइलटको पहिचान खुलेको छ ।

    सीएनएन र एबीसी न्युजका अनुसार उनी ओमानी नागरिक हमाम अल–हमामी हुन् ।

    यूएईमा ओमानी बुबा र सिरियाली आमाबाट जन्मिएका हमामीले यसअघि ओमान एयर र रोयल एयर मारोकमा काम गरेको बताइएको छ ।

    सन् २०२४ मा ओमान एयरमा सहपाइलट प्रशिक्षार्थी हुँदा उनीसँग अतिवादी सामग्री भेटिएको र त्यसपछि उडान तालिमबाट हटाएर प्रशासनिक जिम्मेवारी दिइएको अधिकारीहरूले बताएका छन् ।

    गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभ जाँदै गरेको विमानमा उनले क्याप्टेन स्मित मच्छरमाथि चक्कु प्रहार गरेका थिए ।

    त्यसपछि विमान साउदी अरबमा अवतरण गरिएको थियो ।

    घाइते क्याप्टेन स्मित उपचारपछि यूएई फर्किसकेका छन् ।

    फ्लाई दुबईले भने घटनामा संलग्न सहपाइलटबारे अहिलेसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन ।

    घटनाको थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images