images
images
  • यी हुन् १० ठूला दुर्घटना

    काठमाडौं- दसैँमा यात्रुको चाप बढेसँगै नेपालमा सडक दुर्घटनाको जोखिम पनि बढ्ने गरेको छ ।

    कमजोर सडक, तीव्र गति, चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु, मादक पदार्थ सेवन तथा सवारीसाधनको यान्त्रिक समस्याका कारण दसैँका बेला ठूला दुर्घटना हुने गरेका छन् ।

    २०६८ सालमा सिन्धुलीको गैरीपुछारमा बस सुनकोसी नदीमा खस्दा ४१ जनाको मृत्यु भएको थियो ।

    २०७१ सालमा डोटीको जोरायलमा बस दुर्घटना हुँदा २९ जनाको ज्यान गएको थियो भने २०७५ सालमा नवलपरासीको अरुणखोलामा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।

    त्यस्तै, २०७६ सालको दसैँमा सिन्धुपाल्चोकमा बस दुर्घटनामा ११ जनाको मृत्यु भयो ।

    २०७८ सालमा मुगुमा भएको बस दुर्घटनामा ३२ जनाले ज्यान गुमाए भने घान्द्रुकमा जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो ।

    प्रहरी तथ्यांकअनुसार २०७१ देखि २०७६ सम्मका दसैँ अवधिमा सडक दुर्घटनामा क्रमशः १४२, ९२, १०१, १०४, १२९ र १११ जनाको मृत्यु भएको थियो ।

    यात्रुको चाप बढ्ने तर सडक सुरक्षा र व्यवस्थापनका चुनौती उस्तै रहने भएकाले दसैँको यात्रा अझै जोखिमपूर्ण देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images