images
images
  • एनपीएल : मोइन अली जनकपुर बोल्ट्समा

    काठमाडौं- इंग्ल्यान्डका अनुभवी अलराउन्डर मोइन अली नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा अनुबन्धित भएका छन् ।

    जनकपुर बोल्ट्सले सामाजिक सञ्जालमार्फत मोइनलाई टोलीमा समावेश गरिएको जानकारी दिएको हो ।

    ३९ वर्षीय मोइन ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने अनुभवी खेलाडी हुन् ।

    सन् २०१४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले इंग्ल्यान्डका लागि तीनै प्रारूपमा २९८ खेल खेल्दै ६ हजार ६७८ रन र ३६६ विकेट लिएका छन् ।

    उनले २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।

    मोइनले आईपीएलमा चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाइट राइडर्सबाट समेत खेलेका छन् ।

    इंग्ल्यान्डले २०१९ को एकदिवसीय र २०२२ को टी–२० विश्वकप जित्दा उनी टोलीका सदस्य थिए ।

    उनको अनुभवले जनकपुर बोल्ट्सलाई एनपीएलमा बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images