काठमाडौं- खेलमा मिलेमतो, अनियमितता तथा ठगी सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एन्फाका कोषाध्यक्ष ६० वर्षीय रवीन्द्र जोशी र लेखा अधिकृत ५५ वर्षीय सञ्जीव पाण्डेलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
पक्राउ परेका जोशी ललितपुर महानगरपालिका–३ पुल्चोक र पाण्डे ललितपुर महानगरपालिका–५ लगनखेलका स्थायी बासिन्दा हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पत्र तथा वसन्त रिजालको निवेदन/जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई ललितपुर जिल्ला अदालतबाट पहिलो पटक ४ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक एवम् सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।


विश्व खबर 



















