images
images
  • आईजीपीबाट हटाइएका कार्की पुनर्बहाली माग गर्दै पुगे सर्वोच्च

    काठमाडौं– आईजीपीमा पुनर्बहालीको माग गर्दै पूर्वआईजीपी दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । सरकारले आईजीपीबाट हटाएपछि पुनर्बहालीको माग गर्दै उनी बिहीबार सर्वोच्च पुगेका हुन् ।

    कार्कीले आफ्नो पदावधि १७ महिना बाँकी छँदै नियम र कानुनविपरीत पदबाट हटाएको भन्दै उनले रिट निवेदन दिन लागेका हुन् ।

    प्रधानमन्त्री बालेन्द्र शाह बालेनले १५ मिनेटको समयभित्रै मन्त्रिपरिषद् बैठक राखेर बुधबार कार्कीलाई हटाउँदै एआईजी मनोजकुमार केसीलाई आईजीपी नियुक्त गरेका थिए ।

    कार्कीलाई बर्खास्त गर्ने कानुन नभएपछि सरकारले उनलाई पेण्डुलम बनाउन प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय विशेष सल्लाहकारको दरबन्दी सिर्जना गरिएको छ । ३० वर्षअघिको इतिहास दोहोर्‍याउँदै रास्वपा सरकारले बहालवाला आईजीपीको पद खोसेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images