images
images
  • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहान ९ बजेसम्म कोषका विभिन्न खातामा कुल १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ रुपैयाँ मौज्दात रहेको छ ।

    कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा रहेका खातामा १३ अर्ब ६२ करोड ५३ लाख ३६ हजार ९७१ रुपैयाँ मौज्दात छ ।

    त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा ३ करोड १४ लाख ९ हजार ७५७ अमेरिकी डलर जम्मा भएको छ ।

    प्राकृतिक विपद्पछिको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संघसंस्था र निकायबाट कोषमा आर्थिक सहयोग जम्मा हुने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images