images
images
  • छिमेक लघुवित्तले घोषणा गर्‍यो २५ प्रतिशत लाभांश, बोनस सेयर कति?

    काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    कम्पनीले हाल कायम चुक्ता पुँजीको ११.९६३१ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १३.०३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    कात्तिक १८ गते बसेको संस्थाको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    प्रस्तावित लाभांशमध्ये बोनस सेयर र नगद लाभांशको कुल अनुपात २५ प्रतिशत रहेको छ ।

    लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाले पारित गरेमा सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।

    यससँगै छिमेक लघुवित्तका सेयरधनीले बोनस सेयरमार्फत आफ्नो सेयर संख्या बढाउनुका साथै नगद लाभांशसमेत प्राप्त गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images