images
images
  • नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनबिक्रम थापा नियुक्त

    काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ ।

    अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो ।

    बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराए ।

    शपथ पछि अर्थमन्त्री डा वाग्लेले विशेष निर्देशन दिँदै नवनियुक्त अध्यक्ष थापालाई बीमा क्षेत्रको श्रेय वृद्धिमा निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images