काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य र आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT/CPF) सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा डा. हरि कुमार नेपाल ले बीमा क्षेत्रमा लागू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र यसको व्यवहारिक कार्यान्वयनबारे प्रस्तुति दिएका थिए। कार्यक्रममा कम्पनीका सञ्चालक समिति, आधारभूत शेयरधनी, उच्च व्यवस्थापन र विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो।

प्रशिक्षणका क्रममा AML/CFT/CPF सम्बन्धी कानुनी व्यवस्था, जोखिम पहिचान, ग्राहक पहिचान प्रक्रिया (KYC), शंकास्पद कारोबार पहिचान तथा अन्तर्राष्ट्रिय गतिविधिबारे विस्तृत जानकारी दिइएको थियो।
कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल ले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा AML/CFT अनुपालन कम्पनीको दीर्घकालीन स्थायित्वका लागि महत्वपूर्ण रहेको बताए।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली ले AML/CFT/CPF सम्बन्धी कानुनलाई दैनिक कार्यप्रणालीमा प्रभावकारी रूपमा लागू गरिएको बताएका छन्।
कम्पनीले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिँदै वित्तीय अनुशासन, जोखिम व्यवस्थापन र अनुपालनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाे छ।


विश्व खबर 


















