काठमाडौं – अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत हुनुपर्नेछ। आयोगको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेमा सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।
कम्पनीको प्रस्तावअनुसार ५ प्रतिशत बोनस सेयर वितरणपछि सेयरधनीको सेयर संख्या वृद्धि हुनेछ। तर प्रस्तावित लाभांश वितरणका लागि आयोगको स्वीकृति र साधारणसभाको निर्णय अनिवार्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस्





















