काठमाडौं – बुधबार चार बजेपछि गृहमन्त्रालय सिहंदरवारमा सबै असिन पसिन अनुहारमा देखिन्थे । धेरेको कुदाकुदको दृष्य हेर्न लायक थियो । बिशेषगरी औपचारिक पोशाकमा प्रहरीको चहलपहलले सिंहदरबारमा केही कुरा हुँदै छ कि भन्ने छनक दिइरहेको देखिन्थ्यो ।
त्यो दृष्य नयाँ आइजिपी मनोज केसीको पदबहाली समारोहको तयारीका लागि थियो । साँढ ४ बजे मन्त्रिपरिषदको बैठकले आइजिपी दान बहादुर कार्कीलाई हटाएर एआइजि मनोज केसीलाई नियुक्ति गर्न निर्णय गरेपछि गृहमन्त्रालय परिसरमा चहलपहल त हुने नै भयो ।
नयाँ आइजिपी केसीलाई त्यो निर्णय कुनै सरप्राइज थिएन। उनलाई पहिले नै यो कुरा थाहा थियो । तर अरुका लागि भने त्यो सरप्राइज नै थियो ।
बुधबार मन्त्रिपरिषदको बैठक सकेर गृहमन्त्री सुधन गुरुङ सिधै आफ्नो मन्त्रालयमा हानिए। त्यहाँ पहिला देखि नै उनलाई कुरेर बसेका नयाँ आइजिपी डा मनोज केसी तैनाथ थिए। गृहमन्त्री मन्त्रालयको ढोकाबाट पस्न साथ केसी तनक्क तन्किएर सलाम ठोके । जवाफमा गृहमन्त्री गुरुङ मुस्कुराएर भने ‘ बधाई’।
त्यसपछि उनीहरु सिधै मन्त्रीको कार्यकक्षमा पसे। त्यसपछि केसीको पदबहालीका कुरामा बिषय केन्द्रित भयो । केसीले सबै कुरा मिलाएर बिहीबार पदबहालीका लागि गृहमन्त्रीसँग अनुरोध गरे। तर मन्त्रीले भने‘ हुँदैन, आजै गर्नुस’
केही समयकोे खासखुस पछि केसीले भने–आज साँझ ५ः ४५ बजे गरौ होला हजुर । गृहमन्त्रीले मुन्टो हल्लाएर स्वीकृतिको संकेत दिए ।
तय भएको समयमा उनलाई फुली लगाउने कार्यक्रम बन्यो –गृहमन्त्रालयको बैठक कक्षमा । औपचारिक पोशाकमा थिए – प्रहरी अधिृकतहरु । यसभन्दा अघि गृहसचिवले नयाँ आइजिपीलाई फुली लगाई दिने चलन थियो । गृहसचिव लगायत गृह मन्त्रालयका कर्मचारीहरु दर्शकका रुपमा उपस्थित थिए। गृहमन्त्री सुदन गुरुङले आइजिपीको सबैभन्दा पहिला दाहिने काँध मुसारे फुली लगाई दिए। त्यसपछि देब्रे काँध।
गृहमन्त्रालयमा पुराना आइजिपी जाने र नयाँ आउने नयाँ चलन होइन। तर बुधबारको कार्यक्रम भने अरु भन्दा भिन्न थिए। विदाई हुँदै गरेका आइजि दानबहादुर कार्की त्यहाँ थिएनन् । मन्त्रिपरिषद्को बैठकले निर्णय गरे लगतै उनी हेडक्वटरबाट बाहिरिएका थिए।
नयाँ आइजि आँउदा नयाँ जोश हुने गथ्र्यो । तर बुधबार त्यस्तो थिएन। शायद यो अस्वाभाविक निर्णय भएर होला कसैको अनुहारमा जोश र हाँसो देखिएन। कार्यक्रम हेर्दा एउटा उत्सब जस्तै देखिन्थ्यो, वरिपरिको वातावरण र सहभागीको अनुहार हेर्दा खुसी लुटिएको उत्सव जस्तो देखिन्थ्यो
एउटा प्रसब बेलाको आमा र आफन्त जस्तो देखिन्थ्यो कार्यक्रम । डाक्टरले आमा र छोरा मध्ये एक बाँच्छन कसलाई बचाउ?ँ भन्ने प्रश्नको निशब्द उत्तर जस्तो देखिन्थ्यो पदबहाली कार्यक्रम । किन कि त्यो त्यस्तै अवस्थामा आयोजना भएको थियो। प्रहरी नियमावली, विधि कि नयाँ आइजि? एक रोज्नुस भनेर प्रश्न छोडिएको कार्यक्रम थियो त्यो ।
बिदाई भएका आइजिको जीवनचक्र पनि उनले लेखेको ‘गीत आमा म त खरानीबाट उठेर आएँ’ भन्नेसँग मेल खायो । उनी राजनीतिक तहमा यसपटक आग्रहको शिकार भएको धेरैले महसुा गरे। अब उनी आफुले लेखेको गीत जस्तै सर्वोच्च गएर खरानी बाट उठ्नु पर्ने भएको छ।
कार्कीले त्यो धुलो हिलो र रगतसरि भएको प्रहरीहरुको खस्केको मनोबल उठाएर संगठन चलाएको प्रहरी भित्रको मानस पटलमा सजिलै नमेटिएला ।
‘मेरो प्रहरीलाई ड्रेस भएन’ भनेर गृहमन्त्री उपस्थित सार्वजनिक स्थानमै रोएका उनका आँसुको चिसो अहिले पनि नक्सालमा मेटिएको छैन होला । बरु यसरी रुने आइजि उनि पहिला नैे हुन् भन्नेमा कुनै विवाद नरहला ।




















