images
images
  • आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

    काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

    दिउँसो देशका हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

    राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराई, उपत्यका तथा खोँचहरूमा बिहानीपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

    महाशाखाका अनुसार आगामी पाँच दिनका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन । यद्यपि मौसममा हुन सक्ने परिवर्तनबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारण र सम्बन्धित निकायलाई महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images