images
images
  • रोनाल्डोमाथि ६ महिनासम्म प्रतिबन्धको जोखिम

    काठमाडौं– पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेपछि अनुशासनात्मक कारबाहीको जोखिममा परेका छन् ।

    डेनमार्कविरुद्धको खेलमा सुरुआती ११ मा नपर्ने भएपछि रोनाल्डोले प्रशिक्षण शिविर छाडेका हुन् ।

    यसअघि नर्वेविरुद्धको खेलमा उनी पूरै समय बेन्चमा बसेका थिए ।

    पोर्चुगल फुटबल महासंघको नियमअनुसार उचित कारणबिना राष्ट्रिय टोलीको गतिविधि छाडेमा खेलाडीलाई १ देखि ६ महिनासम्म प्रतिबन्ध र ५०० देखि १ हजार युरोसम्म जरिमाना हुन सक्ने बताइएको छ ।

    रोनाल्डोले भने महासंघका अध्यक्षसँग छलफलपछि शिविर छाडेको बताएका छन् ।

    उनले आफू राष्ट्रिय टोलीप्रति सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै घटनाको कारण उपयुक्त समयमा सार्वजनिक गर्ने बताएका छन् ।

    महासंघले रोनाल्डोमाथि तत्काल कारबाही गर्ने वा नगर्नेबारे औपचारिक निर्णय गरिसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images