images
images
  • एसीसी प्रिमियर कपः युएईलाई हराउँदै नेपाल च्याम्पियन

    काठमाडौं- नेपालले एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनलमा युएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।

    नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९.२ ओभरमा २६८ रनमै समेटियो। युएईका राहुल चोपडाले अविजित १०० रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। नेपालका करण केसीले ३ तथा ललित राजवंशीले २ विकेट लिए।

    त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो। आसिफ शेखले १०२ रनको शतकीय पारी खेल्दा गुलशन झाले ५२, अर्जुन कुमालले ४३ र रोहित पौडेलले ४० रन बनाए।

    उपाधिसँगै नेपालले सन् २०२७ मा बंगलादेशमा हुने एसिया कपमा समेत स्थान बनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images