काठमाडौं – अमेरिकामा एउटा महत्त्वपूर्ण खेल बास्केटबल हो भन्नेमा कुनै विमति हुन सक्दैन । पुरुष बास्केटबल स्टारका फ्यान संसारमा नै धेरै पहिले देखि थिए । पछिल्लो समय भने यो परिभाषा फेरिएको छ । अमेरिकाका सबै भन्दा व्यावसायिक फ्रेन्चाइज लिग डब्लुएनबिएको महिला संस्करणले लोकप्रियता लिइसकेको छ । यस सिजन डबलुएनबिएको उपाधि गाल्डेन स्टेट भाल्क्रिजले जितेको छ । यस उपाधि यात्रामा छाएकी स्टार गेबी विलियम्सका अहिले चर्चा अझै बढेको छ ।
भाल्क्रिजका मालिक जेय ज्याकबले पहिलो पाँच सिजनमा उपाधि पक्का गर्नु पर्ने सर्त सहित प्रशिक्षक ल्याएका हुन् । एक वर्ष अगाडीको अवस्था हेर्नै हो भने भाल्क्रिज कुनै पनि हालतमा उपाधिका दाबेदार मानिएको थिएन । र, कुनै पनि हालतमा पाँच वर्षमा उपाधि जितेरै छाड्ने लक्ष्यले भाल्क्रिजको सोच नै आक्रामक बनेको थियो ।
‘ गो भाल्क्रिज भन्दै कारमा लेखेर विलियम्स अघि बढ्न थालिन् । उनको अर्थ थियो कि, पाँच वर्ष किन कुर्ने यसै वर्ष जितेर नै छाड्ने हो । उनको यो अभियानले सबैलाई प्रेरित गरेको थियो । गोल्डेन स्टेटले हरेक खेलमा आफ्ना १८००० दर्शकलाई उतार्न सफल भयो । प्रशिक्षक नाताली नातासेलाई पनि पाँच वर्ष लामो समय लाग्न थालेको थियो । उनी पनि यसै वर्ष उपाधि हात पार्न हतारिएकी थिइन् ।
नातासो र ज्याकोबको यो दोस्रो सिजन हो । पहिलो सिजनमा उपाधि नजिते पनि यस सिजनमा भाल्क्रिजले फाइनलमा एटलान्टा ड्रिमलाई ४–३ हले हराउँदै उपाधि जिती सकेको छ । फाइनल एव सातौँ खलमा भाल्क्रिज ६८–६३ ले विजयी भयो । यस वर्षकी स्टार विलियम्सको पनि यो पहिलो उपाधि मात्र होइन , पहिलो फाइनल पनि हो ।
उनी सन् २०१८मा सिकागोमा पुगेकी थिइन् । चार वर्ष बिताए पछि उनले प्रतिबन्धको सामना गरेकी थिइन् । अमेरिका र फ्रान्सको नागरिकता भएकी उनी यसै विवादमा मुछिएकी हुन् । अहिले उनी फ्रेन्च टोलीबाट अन्ताराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँछिन् । अर्को वर्ष सिल स्टर्म पुगेकी उनले चोटका कारण चार सिजन गुमाएकी थिइन् । गोल्डेन स्टेटमा आबद्ध हुने अगाडी विलियम्सले प्रशिक्षकसँग डिनरको कार्यक्रम राखेकी थिइन् । यस बिचमा यी दुईले एक आपसलाई बुझ्ने मौका पाए । उनको प्रशिक्षणमा अघि बढे पछि सफल हुने विश्वास जागेको थियो ।
यस सिजनको एटलान्टासँगको फाइनलमा उनलाई सेकेन्ड हाफमा कसैले रोक्न सकेन । एटलान्टाको सिङ्गो टोली विलियम्सकै कारण आफ्नो टोली हारेको कुरामा सहमत छ । यी स्टारका सामु अझ धेरै चुनौती छ । यही प्रशिक्षक र टोली छाडेर फ्रान्सेली टोलीको जिम्मा पनि उनले अन्ताराष्ट्रिय प्रतियोगितामा लिनु छ । यो आफैमा चुनौतीपूर्ण हो ।






















