काठमाडौं– भारतीय क्रिकेटर हार्दिक पाण्ड्याको वास्तविक लय अहिले छैन । उनको फर्मको समय गइसकेको छ । मुम्बई इन्डियन्सको विगत हेर्ने हो भने पाण्ड्याको इतिहास एकदमै गर्विलो छ ।
हाल इन्जुरीका कारण उपचार गराइरहेका उनको विकल्प मुम्बईले खोजेको छ । त्यसैले उनी पनि मुम्बई छोड्ने तयारीमा छन् । उनी अहिले पन्जाब किङ्स जाने सम्भावना प्रबल भएको छ ।
पन्जाब किङ्स र मुम्बईको बीच पाण्डेया र अर्शदीप सिंहबीच अदलाबदली गर्ने सहमति भइसकेको छ । यस विषयमा खेलाडीसँग बसेर निर्णय हुन भने बाँकी छ ।
सन् २०२६ को आईपीएल सकिएपछि हार्दिकले बारम्बार फ्रेन्चाइजसँग वार्ता गरेका छन् । उनले पुरानो टोली छाड्न चाहेको कुरा बताइसकेका छन् ।
पछिल्लो सिजन आईपीएलमा मुम्बई नवौं स्थानमा थियो । हार्दिक भने मुम्बई छाडेर रोयल च्यालेन्जर बङ्गलोर जान चाहेको समाचार यसअघि पनि बाहिर आएको थियो ।
आईपीएलको कमजोर परिणामपछि मुम्बईमा अर्को फास्ट बलरको आवश्यकता महसुस भएको छ । अहिले भएका जसप्रित बुमराह र ट्रेन्ट बोल्टको साथमा अर्को पेस बलरको खोजीमा मुम्बई छ ।
सन् २०२५ को मेघा अक्सनमार्फत मुम्बईमा पुगेका हार्दिकले गत सिजन राम्रो खेल्न सकेनन् । उनलाई ५ खेलमा मात्र खेलाइयो । यसै कारण बोल्टलाई अर्को स्थानमा पठाउन सक्ने छ । जे भए पनि अर्शदीप टोलीका लागि आवश्यक रहेकोमा भने विमति हुन सक्दैन ।
सन् २०१९ मा डेब्यु गरेयता आर्सदीप पन्जाबमा नै छन् । यसबीचमा उनले ९६ खेलमा १११ विकेट लिएका छन् । पन्जाबमा आर्सदीपका साथमा दुई भारतीय सिमर विजयकुमार बस्यक र यस ठाकुर पनि छन् ।
३ वर्षमा मुम्बईले हार्दिकको नाममा व्यावसायिक कारोबार गरेको यो दोस्रो पटक हो । सन् २०२४ मा गुजरात टाइटानबाट हार्दिकलाई मुम्बईले आफ्नो टोलीमा ल्याएको थियो ।
फ्रेन्चाइजलाई पाँच पटक उपाधि दिलाएका रोहित शर्मालाई विस्थापित गर्दै मुम्बईले हार्दिकलाई टोलीको नेतृत्व गर्ने अवसर दिएको थियो । यसपछि हार्दिकको कप्तानीमा खेलेका ३९ मध्ये मुम्बईले १५ खेलमा सफलता पाएको छ भने २४ खेलमा पराजित भएको छ ।
यसअघि गुजरातमा रहँदा उनले सफल कप्तानी गरेका थिए । ३१ खेलमध्ये २२ मा जित र ९ मा पराजयको सामना गरेको थियो ।






















