images
images
  • यू–१९ एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै, सेहवागका छोरा र उस्मान खानमाथि नजर

    काठमाडौं – यू–१९ एसिया कप क्रिकेटअन्तर्गत चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेल आज (आइतबार) हुँदैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान १०ः३० बजे सुरु हुनेछ । टस बिहान १० बजे हुनेछ ।

    प्रतियोगितामा दुवै टोलीले विजयी सुरुआत गरेका छन् । भारतले पहिलो खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो भने पाकिस्तानले संयुक्त अरब इमिरेट्स (यूएई लाई ९ विकेटले हराएको थियो । त्यसैले आजको खेल दुवै टोलीका लागि समूहमा आफ्नो बलियो स्थिति कायम राख्ने अवसर हुनेछ ।

    भारतको टोलीमा पूर्वक्रिकेटर वीरेन्द्र सेहवागका छोरा आर्यवीर सेहवाग आकर्षणमा रहनेछन् । उनले नेपालविरुद्धको पहिलो खेलमा ५२ बलमा अविजित ७० रन बनाउँदै आफ्नो क्षमता देखाएका थिए । भारतको जितमा उनको उक्त प्रदर्शन महत्त्वपूर्ण बनेको थियो ।

    यता पाकिस्तानका उस्मान खान पनि उत्कृष्ट लयमा छन् । उनले यूएईविरुद्धको पहिलो खेलमा १२० बलमा अविजित १३९ रन बनाएका थिए । उनी पनि पहिलो खेलमा पाकिस्तानका सर्वाधिक रनकर्ता हुन् ।

    पहिलो खेलमा प्रभावशाली प्रदर्शन गरेका आर्यवीर र उस्मानबीचको प्रदर्शनले पनि आजको प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images