काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनको योगफल बनाएको हो ।
सुदूरपश्चिमको लागि सैफ जैबले सर्वाधिक ३५ रन बनाए । त्यसैगरी विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४, ईशान पाण्डेले २३, थारिन्दु रत्नायकेले अविजित २२ तथा स्कट कुग्गेलेइनले अविजित १३ रनको बनाए ।
बलिङतर्फ कर्णाली याक्सका मार्क वाटले २ विकेट लिए । त्यस्तै नन्दन यादव, सूर्य तामाङ र हुसेन तलातले समान १÷१ विकेट हात पारे ।
प्रतिक्रिया दिनुहोस्





















