images
images
  • एनपीएल तेस्रो संस्करण- लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिले ब्याटिङमा ओर्लिएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाउन सक्यो । लुम्बिनीका लागि सबैभन्दा धेरै कप्तान रोहित पौडेलले ३४ रन बनाए ।

    त्यस्तै निरेशन डिक्वेलाले २७, आशिफ शेख र दिलीपनाथले समान २१-२१ रनको योगदान दिए । रुबेन ट्रम्पलम्यानले १५, शमिम हुसेनले १३ रनको योगदान दिए ।

    इनिङ्सको पहिलो बलमै ओपनर डार्सी सर्टलाई ललित राजवंशीले राहुल यादवमार्फत क्याच आउट गराउँदै गोल्डेन डकमा पेभेलियन फर्काएका थिए ।

    त्यस्तै विशाल सुशलिङ र राहुल यादवले समान दुई–दुई र हरमित सिंह तथा अभिषेक तिवारीले एकएक विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images