images
images
  • युक्रेनलाई इयूको २.९ अर्ब युरो सहयोग

    काठमाडौं- युक्रेनले आर्थिक स्थायित्व र सुधार कार्यक्रमका लागि युरोपेली सङ्घ (इयू) बाट २.९ अर्ब युरो सहयोग प्राप्त गरेको छ।

    युक्रेनी अर्थ मन्त्रालयका अनुसार सहयोग रकम बजेट व्यवस्थापन, पुनर्लाभ तथा आधुनिकीकरण र इयू सदस्यतासँग सम्बन्धित सुधार कार्यक्रममा खर्च गरिनेछ। कुल रकममध्ये ‘युक्रेन सहयोग ऋण’ अन्तर्गत पहिलो किस्तामा ८० करोड युरो प्राप्त भएको छ।

    इयूले सन् २०२६–२०२७ का लागि युक्रेनको बजेट तथा रक्षासम्बन्धी आवश्यकतामा सहयोग गर्न ९० अर्ब युरोको वित्तीय संयन्त्र स्थापना गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images