images
images
  • कांग्रेस महाधिवेशन : १० हजार प्रतिनिधिका लागि होटल बुकिङ

    काठमाडौं- नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने करिब १० हजार प्रतिनिधि तथा शुभेच्छुकका लागि काठमाडौँका विभिन्न क्षेत्रमा होटल बुकिङ गरिएको छ।

    आवास व्यवस्थापन समितिका अनुसार गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, बालाजु, नयाँ बसपार्क, सुन्धारा र कलङ्की क्षेत्रमा करिब पाँच हजार कोठा व्यवस्थापन गरिएको हो। प्रदेशअनुसार प्रतिनिधिका लागि छुट्टाछुट्टै क्षेत्रमा आवासको व्यवस्था गरिएको छ।

    प्रतिनिधिले होटल तथा आवासको खर्च आफैँ व्यहोर्नुपर्नेछ भने विदेशबाट आएका पाहुनाको आवास खर्च पार्टीले व्यहोर्नेछ। महाधिवेशन अवधिभर प्रतिनिधिका लागि भृकुटीमण्डपमा बिहान र दिउँसोको खानाको व्यवस्था पार्टीले गर्ने जनाएको छ।

    कांग्रेसको १५औँ महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images