images
images
  • रूसी आक्रमणमा युक्रेनका मानवीय पूर्वाधारमा क्षति

    काठमाडौं- रुसी सेनाको ड्रोन आक्रमणबाट युक्रेनको राजधानी किभको दोस्रो प्रमुख पुल नर्दन ब्रिजमा क्षति पुगेको छ।

    किभका मेयर भिटाली क्लित्स्कोका अनुसार आक्रमणबाट पुलको सडक सतह र ट्रलीबसका तारमा क्षति पुगेपछि यातायात बन्द गरिएको छ। यसअघि पनि रुसी ड्रोनले किभको दक्षिणी पुललाई निशाना बनाउँदै आएका थिए।

    क्लित्स्कोले रुसले किभका महत्वपूर्ण पूर्वाधार, आपूर्ति शृंखला र आवासीय क्षेत्रलाई निशाना बनाइरहेको बताएका छन्। भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रुसी ऊर्जा संरचनामा गरेको आक्रमणको जवाफमा किभका पूर्वाधारमा प्रहार गरिएको दाबी गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images