images
images
  • बढी हवाई भाडा असुल्ने एयरलाइन्सलाई १५ लाखसम्म जरिबाना

    काठमाडौं- चाडपर्व, विपद् वा आपत्कालीन अवस्थामा स्वीकृत दरभन्दा बढी हवाई भाडा असुल्ने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिबाना गर्ने प्रस्ताव गरिएको छ।

    सङ्घीय संसद्मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकमा स्वीकृत भाडादरभन्दा बढी रकम लिएमा ५ लाखदेखि १५ लाख रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था प्रस्ताव गरिएको हो।

    एकपटक कारबाहीमा परिसकेको व्यक्ति वा संस्थाले पुनः सोही कसुर दोहोर्‍याएमा अघिल्लो जरिबानाको दोब्बर सजाय हुने प्रावधान पनि विधेयकमा राखिएको छ। सरकारले यस्तो व्यवस्थाले चाडपर्व तथा आपत्कालीन समयमा हुने हवाई भाडाको मनपरी र कालोबजारी नियन्त्रण हुने अपेक्षा गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images