images
images
  • एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण

    काठमाडौं- जापानको नागोयामा शनिबार भएको रोमाञ्चक फाइनलमा भारतले परम्परागत प्रतिद्वन्द्वी पाकिस्तानलाई १९ रनले पराजित गर्दै एसियाली खेलकुदको क्रिकेटतर्फ स्वर्ण पदक जितेको छ ।

    विश्व टी–२० च्याम्पियन भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर २११ रन बनाएको थियो । अभिषेक शर्माले ६१ तथा तिलक वर्माले अविजित ५१ रन बनाए । जवाफमा पाकिस्तानले हसन नवाजको ९६ रनको उत्कृष्ट प्रदर्शनका बाबजुद २० ओभरमा छ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो ।

    राजनीतिक तनावका कारण भारत र पाकिस्तान अन्तरराष्ट्रिय प्रतियोगितामा प्रायः तटस्थ भूमिमा मात्र आमनेसामने हुने गरेका छन् । खेलअघि दुवै टोलीका कप्तानले परम्परागत रूपमा गरिने हात मिलाउने कार्यसमेत गरेनन् । खेलपछि भारतीय खेलाडीले मैदानमा राष्ट्रिय झण्डा फहराउँदै जितको खुसी मनाए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images