images
images
  • बाढीले मध्यकालीगण्डकीसहित जलविद्युत् आयोजनामा ठूलो क्षति

    म्याग्दी- गत हप्ताको बाढीपहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण २६६ मेगावाट क्षमताका तीन निर्माणाधीन आयोजना प्रभावित भएका छन् भने २१६ मेगावाटका आठ आयोजना राष्ट्रिय विद्युत् प्रणालीबाट बाहिरिएका छन्।

    ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना सबैभन्दा बढी प्रभावित भएको छ। बाढीले आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी, निर्माण सामग्री, लेबर क्याम्प तथा वर्कसपमा क्षति पुर्‍याएको छ। सुकेबगरस्थित निर्माणाधीन बाँधमा गेग्रान थुप्रिएको छ भने नौनीबगरस्थित आयोजनासम्म पुग्ने सडक तथा पुलको पहुँचमार्गसमेत बगाएको छ।

    बाढीका कारण आयोजना स्थलसँगको यातायात, विद्युत् र सञ्चार सम्पर्क टुटेकाले क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन। क्षतिपछि निर्माण कार्यसमेत रोकिएको छ।

    २०८१ देखि निर्माण सुरु भएको आयोजनाले सुकेबगरमा बाँध निर्माण गरी ४ हजार ३१९ मिटर लामो सुरुङमार्फत पानी नौनीबगरस्थित भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images