images
images
  • दशैं–तिहारको मुखैमा सुन–चाँदीको मूल्यमा उछाल, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ ।

    सुनको मूल्य प्रतितोला एक हजार ५०० र चाँदीको मूल्य रु २५ ले बढेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४५० कायम भएको छ ।

    बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ कायम भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images