images
images
  • कामना सेवा विकास बैंकको इस्यूअर रेटिङ बढ्यो

    काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडको इस्यूअर रेटिङ बढेको छ ।

    केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकलाई यसअघि प्रदान गरेको ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङलाई स्तरोन्नति गर्दै ‘केयर एनपी ट्रिपल बी माइनस’ प्रदान गरेको हो ।

    केयर रेटिङ्स नेपालका अनुसार ‘केयर एनपी ट्रिपल बी माइनस’ रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षा र मध्यम स्तरको कर्जा जोखिम वहन गर्ने संस्थालाई जनाउँछ ।

    बैंकका अनुसार पूँजीकोषमा भएको सुदृढीकरण, कर्जा गुणस्तर व्यवस्थापनमा देखिएको सुधार, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन टोली, नाफामा भएको सुधार, व्यवसाय विस्तार, निक्षेप संरचनामा सुधार र सुदृढ तरलतालगायतका पक्षलाई आधार बनाएर रेटिङ स्तरोन्नति गरिएको हो ।

    रेटिङमा भएको सुधारले निक्षेपकर्ता, ऋणी, शेयरधनी, लगानीकर्ता तथा नियामक निकायलगायत सरोकारवालाको बैंकप्रतिको विश्वास थप मजबुत हुने बैंकले जनाएको छ ।

    त्यसैगरी, रेटिङ स्तरोन्नतिले प्रतिस्पर्धी लागतमा स्रोत परिचालन गर्न तथा संस्थागत निक्षेप र व्यावसायिक साझेदारी विस्तार गर्न सहयोग पुग्ने बैंकको अपेक्षा छ ।

    बैंकले ‘भविष्यका लागि तयार’ अवधारणाअनुसार सुरक्षित, जिम्मेवार, प्रविधिमैत्री र दिगो बैंकिङ अभ्यासमार्फत दीर्घकालीन संस्थागत सुदृढीकरण तथा व्यवसाय विस्तारमा जोड दिँदै आएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images