काठमाडौं – मुक्तिनाथ विकास बैंकका ग्राहकले बालकुमारीस्थित एथलिट ल्यान्ड एन्ड ट्रेनिङ क्लबका विभिन्न सेवा तथा सुविधामा १७.५० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
मुक्तिनाथ विकास बैंक र एथलिट ल्यान्ड एन्ड ट्रेनिङ क्लबबीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्बन्धमा व्यावसायिक सम्झौता भएको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकले उक्त व्यायामशालामा उपलब्ध विभिन्न सेवा तथा सुविधामा ५ प्रतिशतदेखि १७.५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
एथलिट ल्यान्ड एन्ड ट्रेनिङ क्लबमा एमएमए, बक्सिङ, उन्नत कार्डियो, समूहगत व्यायाम कक्षा, जुम्बा र योगलगायतका सेवा उपलब्ध छन् । साथै, व्यायामपछि आरामका लागि सौना सुविधासमेत सञ्चालनमा रहेको बैंकले जनाएको छ ।
विशेष छुट तथा सुविधा लिन बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।
बैंकले ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न व्यावसायिक संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ ।


विश्व खबर 



















