images
images
  • प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट

    काठमाडौं – प्रभु बैंकका ग्राहक तथा कर्मचारीले काठमाडौं कमलादीस्थित रुस्काज ब्युटी स्टुडियोले सौन्दर्यसम्बन्धी विभिन्न सेवामा विशेष छुट दिनेभएका छन् ।

    प्रभु बैंक र रुस्काज ब्युटी स्टुडियोबीच बैंकका ग्राहक तथा कर्मचारीलाई सौन्दर्यसम्बन्धी सेवामा विशेष छुट उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    सम्झौताअनुसार बैंकका ग्राहकले रुस्काज ब्युटी स्टुडियोमा उपलब्ध विभिन्न सौन्दर्य सेवामा ५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् । त्यस्तै, बैंकका कर्मचारीले ५ देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

    छुटअन्तर्गत कपाल काट्ने, थ्रेडिङ, सौन्दर्यसम्बन्धी कक्षा, कपालमा रासायनिक उपचार, फेसियल तथा छालाको उपचार, नङ सजाउने तथा हातखुट्टाको हेरचाह, वाक्सिङ, मेकअप तथा मेकअप प्याकेज, सौन्दर्य प्रसाधन र छालाको हेरचाहसम्बन्धी सामग्रीलगायतका सेवा समेटिएका छन् ।

    सम्झौतामा रुस्काज ब्युटी स्टुडियोका प्रमुख कार्यकारी अधिकृत रुस्काज वैद्य श्रेष्ठ तथा प्रभु बैंकका प्रमुख प्रदेश अधिकृत बागमती प्रदेश प्रचिता श्रेष्ठले हस्ताक्षर गरेको हो ।

    समारोहमा प्रभु बैंक कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज ब्युटी स्टुडियोका प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

    सम्झौताअनुसार छुट सुविधा लिन बैंकका ग्राहकले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड वा विद्युतीय भुक्तानी प्रणालीमध्ये कुनै एकबाट भुक्तानी गर्नुपर्नेछ । बैंकका कर्मचारीले भने प्रभु बैंकको कर्मचारी परिचयपत्रसमेत प्रस्तुत गर्नुपर्नेछ ।

    यस सहकार्यले बैंकका ग्राहक तथा कर्मचारीलाई सौन्दर्य सेवामा थप सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images