images
images
  • प्रि–ओपनमै घट्यो नेप्से, परिसूचक ६.८९ अंकले ओरालो

    काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबारको प्रि–ओपन कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.८९ अंकले घटेको छ ।

    बिहीबार ०.२६ अंकले घटेर २ हजार ५९९.१५ विन्दुमा बन्द भएको नेप्से शुक्रबारको प्रि–ओपन सेसनमा ६.८९ अंकले घटेर २ हजार ५९२.२६ विन्दुमा झरेको हो ।

    प्रि–ओपन कारोबारमा संवेदनशील परिसूचक भने ०.५२ अंकले बढेको छ ।

    शुक्रबारको प्रि–ओपन सेसनमा ७३ वटा कम्पनीको शेयर कारोबार भएको छ । यस क्रममा १२३ पटकको कारोबारबाट २३ हजार ३०८ कित्ता शेयर खरिदबिक्री भएको छ । कारोबार रकम ५६ लाख ३१ हजार ३५४ रुपैयाँ ७० पैसा रहेको छ ।

    प्रि–ओपन सेसनमा कारोबार भएका कम्पनीमध्ये २० वटाको शेयर मूल्य बढेको छ भने ४४ वटाको मूल्य घटेको छ । बाँकी ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    प्रि–ओपन कारोबारमा देखिएको गिरावटसँगै शुक्रबारको नियमित कारोबारमा बजारको दिशा कस्तो रहने भन्ने चासो लगानीकर्तामाझ बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images