काठमाडौं– राष्ट्रिय सभाका ५९ मध्ये दुई सिट लामो समयदेखि रिक्त छन् ।
सरकार गठन भएको सात महिना पुग्दा पनि राष्ट्रपतिबाट मनोनीत हुने एक सिटमा नयाँ नाम सिफारिस हुन सकेको छैन ।
अघिल्लो सरकारले ओमप्रकाश अर्याललाई मनोनीत सदस्यका रूपमा सिफारिस गरे पनि उक्त सिफारिस अघि नबढेपछि पद रिक्त छ ।
नयाँ सरकारले भने समावेशिता, योग्यता र राष्ट्रिय जीवनमा योगदानलाई आधार बनाएर उपयुक्त व्यक्ति सिफारिस गर्ने जनाएको छ ।
त्यस्तै, सुदूरपश्चिमबाट निर्वाचित राष्ट्रिय सभा सदस्य बालदेव बोहराको निधनपछि अर्को सिट रिक्त भएको हो ।
सरकारले उक्त पदमा उपनिर्वाचनको प्रक्रिया अघि बढिरहेको जनाएको छ ।
कानुनमन्त्री सोविता गौतमले राष्ट्रिय सभा बैठकमा दुवै रिक्त पद पूर्तिको प्रक्रिया अघि बढाइने जानकारी दिएकी छन् ।
हाल राष्ट्रिय सभामा ५७ सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















