images
images
  • चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं – चारवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । असोज १६ गते शुक्रबार कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

    यी कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आगामी सोमबार अर्थात् असोज १९ गते शेयर दाखिला खारेज बन्द गर्ने भएका छन् ।

    शेयर दाखिला खारेज बन्द हुने मितिअघि अर्थात् आजसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार भई कायम हुने शेयरधनीले सम्बन्धित कम्पनीको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

    असोज १९ गतेदेखि शेयर दाखिला खारेज बन्द हुने भएकाले शेयर खरिद गर्ने लगानीकर्ता भने यसपटकको लाभांश तथा साधारण सभामा सहभागी हुन पाउने छैनन् ।

    सम्बन्धित कम्पनीले साधारण सभा र लाभांश वितरणसम्बन्धी प्रस्ताव आफ्ना सञ्चालक समितिबाट पारित गरी आवश्यक प्रक्रिया अघि बढाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images