काठमाडौं – कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा ट्रक र बस आपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना६ख ३३३३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०३–००१ ख ००९९ नम्बरको बस आज आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा बस चालक बाँकेको खजुरा गाउँपालिका–५ का सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।
दुर्घटनामा बसमा सवार ११ जना यात्रु घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले ट्रक चालक मोरङको कानेपोखरी गाउँपालिका–२ का रुपेश धिमाललाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















