काठमाडौं– नेपाली आमसञ्चार उद्योगको पहिलो र अग्रणी संस्था नेपाल विज्ञापन संघ (आन) ले काठमाडौंमा रेड बुल १३औँ कृति अवार्ड २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
विगतका वर्षका कृति अवार्डको क्रममा ‘एजेन्सी ब्रीफिङ सेसन’का रूपमा एजेन्सीहरूलाई अवार्डका मापदण्ड र अन्य प्रशासनिक विषयहरूमा जानकारी दिनका लागि सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई यस वर्ष गैर–सदस्य एजेन्सीहरूलाई समेत संलग्न गरी यस अवार्डको गरिमा र छविलाई थप उचाइमा पुर्याउने प्रयास गरिएको छ ।
‘क्रिएटिभिटी कनेक्ट, ह्वेयर ईटी अल स्टार्स’ नाराका साथ आयोजित यस कार्यक्रममा विज्ञापन तथा बजारीकरण क्षेत्रका नयाँ विचारहरू, ऊर्जा र सम्बन्धहरूलाई सुदृढ पार्ने विभिन्न गतिविधिहरू सञ्चालन गरिएका थिए । कार्यक्रममा नेपाली विज्ञापन उद्योगका प्रतिष्ठित व्यक्तित्वहरूले कृति अवार्डका विविध पक्षहरूमा प्रकाश पारेका छन् ।
आनका पूर्व अध्यक्ष तथा कृति अवार्डका सुरुवातकर्ता भास्कर राज राजकर्णिकारले अवार्डको उद्देश्य र उपादेयताका साथै आनका वर्तमान प्रथम उपाध्यक्ष श्री उज्वल शाक्यज्यूले यस वर्ष हुन गइरहेको कृति अवार्डको १३औँ शृंखलाका विविध विषयका बारेमा प्रकाश पारेका थिए ।
त्यसैगरी हालसम्म सबैभन्दा धेरै कृति अवार्ड विजेता मेकवेज प्रालिका प्रमुख विधान राजभण्डारीले अवार्ड हात पार्न गर्नुपर्ने तयारी तथा प्रस्तुतिकरणका बारेमा सहभागीहरूलाई जानकारी दिएका थिए । कार्यक्रममा नेपाली विज्ञापन उद्योगका समसामयिक विषय र सिर्जनात्मक बजारीकरणका आयामहरूमा केन्द्रित रहेर एक छलफल समेत सञ्चालन गरिएको थियो ।
रेड बुलको मुख्य प्रायोजनमा यस वर्ष हुन गइरहेको कृति अवार्डको १३औँ शृंखलालाई रेड बुल १३औँ कृति अवार्ड २०८३ मा इन्फ्लुएन्सर एजेन्सी इनमार्क इन्डिया एन्ड एसोसिएट्स तथा जीएमडब्ल्यू ओरा, कोका–कोला र यति इन्टरनेशनल कलेज पावर्डबाईका प्रायोजक रहेका छन् भने एनसेल, प्राइम टाइल्स लगायत अन्य प्रतिष्ठित ब्रान्डहरू सपोर्टेड बाई प्रायोजक रहेका छन् ।


विश्व खबर 



















