काठमाडौं– मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव अझै बाँकी रहेका कारण आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू–भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भू–भाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भागमा मनसुनी वायुको साथै पश्चिमी वायूको आंशिक प्रभाव समेत रहेको जानकारी दिएको छ ।
हाल देशको हिमाली र पहाडी भू–भागमा आंशिक देखि साधारणतया बादल लागेको छ । लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बादल लागेको छ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको थोरै स्थानमा बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साथै देशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपात र पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।
त्यस्तै, राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागमा साथै कर्णाली प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ ।
कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश पहाडी भू–भागको थोरै स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।
मधेश प्रदेश, कोशी, बागमती, गण्डकी प्रदेशको तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।


विश्व खबर 



















