images
images
  • नेपाल प्रहरीले पायो हाइटेराबाट ४७ थान सञ्चार उपकरण, खोज, उद्धार र अनुसन्धानमा सहयोग पुग्ने

    काठमाडौं– महत्वपूर्ण सञ्चार प्रविधि तथा समाधानको क्षेत्रमा विश्वव्यापी रूपमा अग्रणी चिनियाँ कम्पनी हाइटेरा कम्युनिकेशन कर्पोरेशनले नेपाल प्रहरीलाई ४७ थान सञ्चार उपकरण उपहार दिएको छ ।

    नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममार्फत सो कम्पनीले ‘हाइटेरा पीओसी पी–५० प्रो डिभाइस २०, बडी वर्न क्यामेरा २५ र हाइटेरा ई–प्याक युनिट २ थानसहित ४७ वटा सञ्चार उपकरण हस्तान्तरण गरेको हो ।

    हस्तान्तरण 1 scaled

    हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रबन्ध निर्देशक निङ्ग माले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई उक्त उपकरणहरू हस्तान्तरण गरे ।

    उक्त सहयोग सामग्रीले प्रहरी सङ्गठनलाई समयसापेक्ष प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास नेपाल प्रहरीले गरेको छ ।

    अपराध अनुसन्धान, दैनिक प्रहरी कार्य लगायतलाई थप चुस्त बनाउनुका साथै विपद्को कठिन समयमा भौगोलिक विकटतायुक्त क्षेत्रमा छिटो छरितो सञ्चार सम्बन्ध स्थापित गरी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन ती उपकरणले सहयोग पुर्‍याउने प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images