काठमाडौं- सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विभाग, भर्ती तथा छनोट शाखाले मंगलबार सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी सहायक निरीक्षक पदको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
विज्ञापन नं. ०५ (०८२/८३) अनुसार सञ्चालित प्रतियोगितामा लिखित परीक्षाको प्राप्ताङ्क, शैक्षिक योग्यताको प्राप्ताङ्क तथा अन्तर्वार्ता परीक्षाको प्राप्ताङ्कको कुल योगका आधारमा योग्यताक्रम कायम गरी उम्मेदवारहरूको नाम तथा दर्ता नम्बर सार्वजनिक गरिएको कार्यालयले जनाएको छ ।
सूचनाअनुसार सफल उम्मेदवारहरूले २०८३ असोज १६ गते बिहान ९ बजे आफूले पेस गरेको नेपाली नागरिकताको प्रतिलिपि, बाबुको नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि तथा पासपोर्ट साइजको फोटो ५/५ प्रति साथमा लिई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा भर्ना पोशाकमा अनिवार्य रूपमा सम्पर्क गर्नुपर्नेछ ।
हेर्नुहोस् सूची–





विश्व खबर 


















